प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
समयपोष्ट
२०८२ जेठ ६ गते १३:४२
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।
प्रधानमन्त्री ओली केही दिनदेखि अस्वस्थ रहेको जनाइएको छ। यही कारणले आजको प्रतिनिधिसभा बैठकमा तय गरिएको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।
प्रतिक्रिया