महिमानसिंह विष्ट १ लाख धरौटीमा रिहा
समयपोष्ट
२०८२ जेठ ५ गते १८:०६
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौँ जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई धरौटीमा छाड्ने आदेश दिएका हुन्।
विष्टविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा अनुसन्धानपछि प्रहरीले प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।
विष्टमाथि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत रूपमा पत्र लेखेको आरोप लागेको थियो। सोही पत्रका कारण चौधरी पक्राउ परेका थिए। विष्टविरुद्ध अनुसन्धानपछि अदालतमा मुद्दा दायर गरिएको थियो।
प्रतिक्रिया