बुधबार, ५ कार्तिक २०८२

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेडबीच मोटर बीमा सम्झौता

समयपोष्ट २०८१ फागुन ९ गते १४:१०

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा. लि. बीच मोटर बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार, सरिना जि ट्रेडमार्फत विक्री गरिने इभी इजि ट्याक्सीहरूको बीमा सेवा सलिको इन्स्योरेन्सले प्रदान गर्नेछ।

उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जि ट्रेडका प्रमुख कार्यकारी अधिकृत अजय महतो ले हस्ताक्षर गरेका छन्। सम्झौता आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य तथा सरिना जि ट्रेडका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार, सरिना जि ट्रेडबाट विक्री गरिने विद्युतीय सवारीसाधनहरूको व्यापक बीमा सलिको इन्स्योरेन्समार्फत हुनेछ। साथै, भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया थप सरल, सहज, नगदरहित, तथा छिटो गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री