सामसुङ टिभीको मूल्य घट्यो, हेर्नुहोस् कुन मोडल कतिमा पाईन्छ ?
समयपोष्ट
२०७५ असार १५ गते ७:५६
सामसुङका विभिन्न मोडलका टेलीभिजन सेटको मुल्य घटेको छ । नेपालको लागि सामसुङ टिभीको आधिकारीक बिक्रेता हिम इलोक्ट्रोनिक्सले विश्वकपको अवसर पारेर टिभीको मूल्य घटाएको जनाएको छ । सामसुङले ८२ इन्चको प्रिमियम एमयू ८००० यूएचडी टिभी, ७५ को एमयू ६१७२, ६५ इन्चको एमयू ७००० मोडलमा मूल्य घटाएको हो ।
८२ इन्चको टिभीमा ११ लाख ९९ हजार रहेकोमा हाल ८ लाख ९९ हजार रुपैंया घटाएको कम्पनीले जनाएको छ । ७५ इन्चकोलाई ६ लाख ४९ हजार रहेकोमा ४ लाख ९९ हजार र ६५ इन्चको लाई ३ लाख ५४ हजार रहेकोमा २ लाख ८५ हजार रुपैंयामा प्रदान गर्न लागेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया