नेशनल लाइफले गर्यो बागमती प्रदेशका सिइओ क्लब सदस्यलाई सम्मान
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशका सिइओ क्लब सदस्यलाई विशेष सम्मान कार्यक्रमको आयोजना गरेको छ। काठमाडौँस्थित स्मार्ट दरबारमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गर्दै सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखको सहभागिता रहेको थियो। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दियो प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लब सदस्यता हासिल गर्न सफल अभिकर्तालाई प्रमाणपत्र वितरण गरिनुका साथै आफ्नो कोड र संजालमा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान र पुरस्कार प्रदान गरिएको थियो।
सो अवसरमा बागमती प्रदेशबाट “नेशनल रत्न” उपाधि हासिल गर्न सफल अभिकर्तालाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृतले यस किसिमका सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै अन्य प्रदेशका अभिकर्ताहरुलाई समेत प्रोत्साहित गरिने जानकारी गराउनुभयो।
उहाँले साना व्यवसाय गर्ने अभिकर्तालाई समेत प्रोत्साहित गर्दै चेयरपर्सन क्लबजस्तै सिइओ क्लबको अवधारणा ल्याइएको बताउनुभयो। उहाँका अनुसार नेपालभरि २००० भन्दा बढी अभिकर्ता यो कार्यक्रममा छनोट भईसकेका छन्, जसले योजना अत्यन्तै सफल भएको प्रमाणित गर्दछ।
सम्मानित अभिकर्ता तथा व्यवसाय लिडरहरुले सिइओ क्लब सदस्यता पाउँदा आफूहरुको मेहनतको कदर भएकोमा गर्वको महसुस भएको प्रतिक्रिया दिए।
कार्यक्रममा सहभागीहरुले यस्तो सम्मानले अभिकर्ताहरुको आत्मविश्वास र उत्साह बढाउनेमा विश्वास व्यक्त गरेका थिए। नेशनल लाइफले अभिकर्तामैत्री योजना तथा सम्मान कार्यक्रमले इन्स्योरेन्स क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया