सोमबार, ५ साउन २०८२

बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

समयपोष्ट २०८१ कार्तिक ८ गते २१:२३

नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोडको सहयोग हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सहयोगको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्राधिकरणले दैवी प्रकोपका कारण पिडित बनेका जनतालाई राहत पुर्याउन आफ्नो जिम्मेवारी वहन गर्दै यो सहयोग गरिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बीमा प्राधिकरणलाई धन्यवाद व्यक्त गर्दै दैवी प्रकोप जस्तो आपत्कालीन अवस्थामा यस्ता सहयोगहरूले राहतका कामहरूलाई गति दिने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले सरकार र प्राधिकरणबीच अझै सशक्त समन्वयको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री