सिप्रदी अटोपार्टस्द्धारा बाढीपिडित मेकानिक्सहरुलाई सहयोग
सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था सिप्रदी अटोपार्टस् प्रा.लि.ले उपत्यकाको खोला किनारमा ज्याला मज्दुरी गर्दै आईरहेका बाढी पीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।
सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रा.लि.का प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको हो ।
मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ ।
प्रतिक्रिया