सानिमा रिलायन्सको बोनस शेयर घोषणा
समयपोष्ट
२०८१ भदौ ३१ गते १५:३१
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घाषणा गरेको हो।
भदौ ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।
प्रतिक्रिया