बुधबार, ५ कार्तिक २०८२

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को प्रतिफल घोषणा

समयपोष्ट २०८१ भदौ ५ गते १०:३२

Advertisement

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले इकाईधनीहरुलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको गत भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई करसहित सात प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ प्रतिफल दिने घोषणा गरेको हो ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत उक्त कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ को आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यसमेत सम्पन्न भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री