साताको पहिलो दिन ३४.४७ अंक घट्यो नेप्से
निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ । साताको पहिलो दिन नेप्से परिसुचक ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा झरेको छ।
आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ । फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ।
आइतबार ३३० स्टकको ३ लाख ९१८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ । ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ।
होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.४९ प्रतिशत घटेको छ। जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।
आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लिबर्टी इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको ७८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।कुमारी बैंकको करिब ६६ करोडको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया