मंगलबार, ६ साउन २०८२

खुद नाफासँगै घट्यो शिवम् सिमेन्टको प्रतिशयर आम्दानी

समयपोष्ट २०८१ साउन २७ गते ९:१७

शिवम् सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७.९३ % कम हो । कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ७० करोडको आम्दानी गरेको छ।

अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.५८ प्रतिशत घटेको हो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५७.९३ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा २५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालन आम्दानी सामान्य घटेपनि अन्य आम्दानी घटेको र बिक्री लागत बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ४.१८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ। ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री