५.३१ अंकले घट्यो नेप्से
नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ घटेको छ।
आज ३३२ पटकको कारोबारमा २ लाख २९ हजार पटकको कारोबारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशत बढेको छ भने वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।
बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुमो मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ४४ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी साढे ४२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रतिक्रिया