शुक्रबार, २० असार २०८२

छाउपडी अन्त्य गर्न गृह मन्त्रालयद्धारा समिति गठन

समयपोष्ट २०८१ असार १० गते १८:०५


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन् ।

Advertisement

राष्ट्रिय सभाको बैठकमा अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा सोमबार जानकारी गराउँदै गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिई समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताए ।

उनले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लािग समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे । त्यस्तै, उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एकजनालाई पक्राउ गरिएको बताए । उनले पीडित बालिकाको उपचार भइरहको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री