एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर वितरण
समयपोष्ट
२०७५ जेठ १६ गते ३:५४
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले बुक क्लोज हुँदा अभौतिक शेयर भएका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको २३ औं वार्षिक साधारण सभाले पारित गरेको सो बोनस नेप्सेमा सूचिकरण भएपछि हितग्राही खातामा जम्मा गर्ने सूचना दिएको छ ।
हालसम्म भौतिक भएका शेयर अभौतिकीकरण भएपछि हितग्राही खातमा जम्मा गर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया