सोमबार, ३ कार्तिक २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

समयपोष्ट २०८० पुष १७ गते १३:०८

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको सोमबार साँझको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो ।

१८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिइने कम्पनीले जनाएको छ । त्यस्तै सो बोनस सेयरमा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्तालाई कुल ५.२६३२ प्रतिशत लाभांश कम्पनीले दिन लागेको हो । यसै वर्ष आईपीओ जारी गरेको ‍कम्पनीले पहिलो पटक सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री