डिभी नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ ?
समयपोष्ट
२०७५ जेठ १ गते १३:२०
अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०१९ को इडीभी नतिजा सोमबार सार्वजनिक भएको हो ।
डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।
गत वर्ष असोज १७ गते डिभीको आवेदन खुल्ला भएको भएपनि आवेदन दर्ता नोभेम्बर ७, २०१७( २०७४ कात्तिक २१) मा बन्द भएको थियो ।
यस डीभी चिट्ठाको नतिजा https://dvlottery.state.gov/ गएर हेर्न सकिन्छ ।
प्रतिक्रिया