सोमबार, २३ असार २०८२

सिंहदरबारबाटै हरायो श्रम मन्त्रालयको सरकारी गाडी

समयपोष्ट २०८२ असार २० गते ९:१९

Advertisement

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वामित्वमा रहेको एउटा सरकारी गाडी सिंहदरबार परिसरबाटै हराएको छ। मन्त्रालयले प्रयोग गर्दै आएको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको गाडी हराएको हो।

मन्त्रालयले गाडी हराएको विषयमा खोजी गरिदिन गृह मन्त्रालय, नेपाल प्रहरीको प्रधान कार्यालय र काठमाडौँको उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलाई पत्राचार गरेको छ। मन्त्रालयले असार १५ गते यी निकायहरूलाई पत्र पठाएर गाडी खोजीका लागि अनुरोध गरेको गोरखापत्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री