आइतबार, ६ जेठ २०८१

चक्काजाममा बस चलाएको भन्दै बिहेको बस तोडफोड

समयपोष्ट २०७३ मंसिर ९ गते ७:१५

 

Advertisement

संविधान संशोधन र सांसदहरुको सुविधा वृद्धिको विरोधमा आन्दोलनरत एमाले निकट विद्यार्थीहरुले बिहिबार बिहेको बस तोडफोड गरेका छन् ।

चक्काजाममा बस चलाएको भन्दै ना ३ ख ४१३८ नम्बरको बस नवलपरासीको कावासोतीमा तोडफोड गरिएको  हो । नारायणगढबाट बुटवलका लागि बिहेमा जाँदै गरेको बसलाई बन्दकर्ता विद्यार्थीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरुले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज  बिहान एक घण्टा चक्काजाम गरेका थिए ।नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गर्न पनि उनीहरुले माग गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री