कोकाकोला उत्पादक बोटलर्स तराईले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८० कार्तिक २३ गते १०:५९

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कम्पनीले ६० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
कम्पनीका सेयरधनीले प्रति कित्ता सेयर बराबर ६० रुपैयाँ पाउनेछन्।
लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।




























प्रतिक्रिया