कुमारी क्यापिटलले मनायो पाँचौ बार्षिकोत्सव
समयपोष्ट
२०८० कार्तिक १ गते १९:३९
कुमारी क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा क्यापिटललेन नक्साल बक्सिङ क्लब, नागपोखरीको प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम समेत गर्यो ।
कार्यक्रममा सहभागी रक्तदाता, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ प्रति क्यापिटलले आभार प्रकट गरेको छ ।
साथै, आगामी बर्षहरुमा पनि मानविय सेवामा साथ र सहयोगको अपेक्षा गरेको जनाएको छ ।
प्रतिक्रिया