बुधबार, २९ असोज २०८२

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

समयपोष्ट २०८० असोज २१ गते १९:५६

Advertisement

कुमारी बैंक लिमिटेडले दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/ ५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याकप दिइने बैंकले जानएको छ । क्यास ब्याक रकम पि ओ एस तथा क्युआर पेमेण्ट तथा अनलाइन पेमेण्टबाट गरिने बैंकले जनाएको छ ।

बैंकले उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।

बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री