सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यास ब्याक योजना
सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यास ब्याक योजना ल्याएको छ ।
यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्र्टनेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यास ब्याक प्रदान गरिने छ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया