आइतबार, ४ साउन २०८२

एनआईबिएल प्रगति फण्डको प्रतिफल वितरण

समयपोष्ट २०८० असोज १४ गते ११:०७

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डको प्रतिफल वितरण गरिएको छ ।

फण्डले असोज १२ गतेदेखि इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो।

फण्डले गत आर्थिक वर्षका लागि कर सहित ६.८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रतिफल फण्डले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो। हालसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई फण्डले यथासिघ्र अध्यावधिक गराउन अनुरोध गरेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा फण्डले सो प्रतिफल जम्मा गरेको हो।

फण्डको योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री