मंगलबार, १८ वैशाख २०८१

प्रभु लाइफले ६० करोडको आईपिओ बिक्री गर्ने, साधारणसभा कहिले ?

समयपोष्ट २०७५ वैशाख २० गते ६:२४

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । आईपिओ निष्कासनको प्रस्ताव राखेर कम्पनीले आगामी जेठ १० गते प्रथम साधारणसभा डाकेको छ । २ अर्ब रुपैयाँ जारी पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।

Advertisement

कम्पनीमा प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।

कम्पनीले ६० करोड रुपैयाँ आईपिओ बिक्री गरेर बीमा समितिले तोके बमोजिमको दुई अर्ब चुक्ता पूँजी कायम गर्नेछ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ ।

कम्पनीले गत मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री