मंगलबार, १८ वैशाख २०८१

‘सलिको’को सीइओमा चंकी क्षेत्रीलाई बीमा प्राधिकरणले दियो स्वीकृति

समयपोष्ट २०७९ चैत १३ गते १९:३२

Advertisement

नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’को प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्रीलाई सीइओ नियुक्तिको स्वीकृति दिएको छ ।

नेपाल विमक संघको अध्यक्ष समेत रहेका क्षेत्री उक्त इन्स्योरेन्सको सीइओमा नियुक्त भइसकेका छन् ।

कम्पनीको संचालक समितिले क्षेत्रीलाई सीइओको लागि प्रस्ताव गरेको थियो।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले मर्जरपछि गत फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

Advertisement

मर्जर अघि उनी सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री