सेयर बजार २.६ अंकले बढ्यो
समयपोष्ट
२०७५ वैशाख २ गते ९:३२
आईतबार सेयर बजारमा १ सय ५९ कम्पनीका ६ लाख कित्ता सेयर ३० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी गुँरास लाईफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ ।
आज नेप्से परिसुचक २.६ अंकले बढेर १२८०.१५ विन्दुमा पुगेको छ । आज चार समुह उपसुचक घटेका छन् भने अन्य सबै उपसुचक बढेका छन् ।
आज बाणिज्य बैंक समुह २.२५,जलविद्युत ८.३३,फाईनान्स २.५४, उत्पादनमुलक समुह ३.६७ अंकले घटेको छ ।
आज होटल २२.४१,विकास बैंक १.३६,बिमा ८३.८४,अन्य ५.२९ र लघुवित्त समुह ११.७४ अंकले बढेको छ ।
प्रतिक्रिया