बिहीबार, ३ जेठ २०८१

मायाखोला हाइड्रोको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ माघ २६ गते ११:३४

Advertisement

माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो ।

कुल आवेदन मध्ये १ लाख ५६ हजा ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकी रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

Advertisement

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री