डिआईजी खरेलले दिए राजीनामा
समयपोष्ट
२०७४ चैत २८ गते १०:१५
नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र कार्यदक्षताका आधारमा खनाललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया