ललितपुर ३ मा २२ हजार मत गणना हुँदा कसले कति मत पाए ?
समयपोष्ट
२०७९ मंसिर ६ गते १५:५३
ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ।
मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छन् ।
यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाएका छन् ।
माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।
प्रतिक्रिया