आइतबार, २३ वैशाख २०८१

यो दशैं र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार

समयपोष्ट २०७९ असोज १२ गते १६:५२

Advertisement

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटिसीबाट गरिने हरेक टप अप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

त्यसैगरि, बैंकले इ सेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरि रकमान्तर गर्नुहुने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले Huawei Honor Pad X8 प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ। बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसन प्रा.लिद्वारा सञ्चालित MOCO डिजिटल वालेट सँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले MOCO डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरि भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु.२०० सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्नसक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस विकास बैंकले ग्रामिण बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कबाट जारी निति निर्देशन तथा अन्य प्रचलित ऐन कानुनको पूर्ण पालना गर्दै संस्थागत सुसाशन, नविनतम सोच, सरल र सहज ग्राहक सेवा र सम्पूर्ण स्टेकहोल्डर्सको हितमा कार्य गर्ने संस्कारलेनै यस विकास बैंकलाई नेपालको अग्रणी विकास बैंकको रुपमा स्थापित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री