राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल जारी गर्दै
समयपोष्ट
२०७९ भदौ २८ गते १२:०३
नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो ।
सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५/५ अर्ब रुपैयाँ छुट्याएको छ ।
प्रतिक्रिया