चीन भ्रमणमा रहँदा यस्ता देखिए उत्तर कोरियाली नेता उन (फोटोफिचर)
समयपोष्ट
२०७४ चैत १५ गते ६:०५
मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गर्यो ।
भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनायो ।
गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहनुभएको पनि खुल्यो ।
तर त्यसलाई चीनले भने मङ्गलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन ।
यसरी गोप्य राखिएको उत्तर कोरियाली नेताको यो भ्रमण उनी सत्तामा आएपछिको पहिलो विदेश भ्रमण हो ।
रिपोर्ट अनुसार किम आफ्नी श्रीमती री सोल जुसँग आइतबार पुगेर मंगलबार बेइजिङ्ग छाडेका थिए ।
किमले चिनिया नेता सि जिनपिङ्गसँग ‘सफल वार्ता’ गरेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
एजेन्सी
प्रतिक्रिया