होटल मानकी इन्टरनेशनलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल मानकी इन्टरनेशनल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बिहीबार बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण प्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनल प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक रञ्जन कुमार साहले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटल मानकी इन्टरनेशनल प्रा. लि.द्धारा सञ्चालित “फुड” र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
सम्झौता अन्तर्गत होटल मानकी इन्टरनेशनल प्रा.लि.मा सुविधा लिन चाहने ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया