आजबाट नेविसंघले आमरण अनशन शुरू गर्ने, यस्तो छ माग
समयपोष्ट
२०७४ चैत १२ गते ६:०१
नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आमरण अनशन शुरू गर्ने भएको छ ।
शिक्षा एेन नवौं संशोधनको विरोधमा नेविसंघले आज अपरान्ह ४ बजेबाट माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्ने भएको हो ।
संघका पाँच युवाले आमरण अनसन शुरु गर्न लागेको नेविसंघले जानकारी दिएको छ । चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ ।
२२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया