शनिबार, २२ वैशाख २०८१

भारतका वारेन बफेट झुनझुनवालाको निधन

समयपोष्ट २०७९ साउन २९ गते १२:०१

Advertisement

भारतका वारेन बफेट भनेर चिनिने सेयर कारोबारी राकेश झुनझुनवालाको निधन भएको छ।

मुम्बईको व्रीच केन्डी अस्पतालमा उपचारको क्रममा ६२ वर्षिय झुनझुनवालाको निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।

स्वास्थ्य खराब भएपछि आइतबार बिहान उनलाई अस्पताल लगिएको थियो।

सेयर कारोबारी तथा चार्टड अकाउण्टेण्ट झुनझुनवाला भारतका धनाढ्य मध्य एक थिए। यद्दपि उनी पहिलो पटक गत बर्ष आकास एयरलायन्सको उद्घाटन सत्रमा पहिलोपटक देखिएका थिए। झुनझुनवाला हङ्गामा मिडिया, एप टेकको अध्यक्ष समेत हुन्। त्यस्तै उनी भिसेरो होटल, कंकोर्ड बायोटेक, प्रोबोग इन्डिया, जियोजित फ़ाइनान्सिय्ल सर्भिसको संचालक समेत हुन्।

Advertisement

कलेज पढ्दा देखि नै सेयर बजारमा प्रवेश गरेका झुनझुनवाला ब्याचलर सक्ने बित्तिकै सेयर बजारमा सक्रियरुपमा लागेका हुन्। सन् १९८५ मा उनले ५ हजारको लगानीबाट सेयर बजारमा प्रवेश गरेका झुनझुनवालासंग सन् २०१८ मा १ खर्ब भन्दा बढीको सम्पति रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। अहिले उनीसंग झन्डै ५ खर्ब ८० अर्ब भारु बराबरको सम्पती रहेको भारतीय संचार माध्यमले जनाएका छन्।

झुनझुनवालालाई जोखिम लिएर लगानी गर्न सक्ने सेयर कारोबारीको रुपमा चिन्ने गर्दछन। उनले आफ्नो दाजुको ग्राहकहरुबाट बढी प्रतिफल दिने सर्तमा पैसा लिने गर्दथे।

सन् १९८६, मा झुनझुनवालाले टाटा टिको सेयर ४३ रुपैयाँमा खरिद गरेर प्रति कित्ता १४३ मा बिक्री गर्दा तीन बर्षमा झन्डै २५ लाख नाफा कमाएका थिए। सम्भवत: सेयर बजारमा उनको ‘नाफा’ को यात्रा नै यहीँबाट सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री