सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
समयपोष्ट
२०७९ असार १२ गते १२:५१
सुन तोलामा १०० रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोवार भैरहेको छ ।
शुक्रबार भने सुनको मुल्यमा गिरावाट् आएको थियो । त्यस दिन सुन तोलामा ३०० रुपैयाँले ओरालो लाग्दा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया