अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, विद्यार्थी र शिक्षकसहित २१ जना मारिए
समयपोष्ट
२०७९ जेठ ११ गते १०:३०
अमेरिकाको टेक्सासमा एक किशोरले गोली चलाउदा हालसम्म २१ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
मंगलबार एक १८ वर्षीय किशोरले सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा गोली चलाउदा विद्यार्थी र शिक्षकसहित २१ जना मारिएका हुन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका र तीन वयस्क छन् ।
संदिग्ध आक्रमणकारी १८ वर्षका युवा थिए । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस थियो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।
प्रतिक्रिया