मंगलबार, १८ वैशाख २०८१

मेगा बैंकले संस्थापक तर्फको एक लाख २५ हजार कित्ता सेयर बिक्री गर्ने

समयपोष्ट २०७९ वैशाख २६ गते १०:५८

Advertisement

मेगा बैंक नेपालले संस्थापक तर्फको १ लाख २५ हजार ६ सय ८० कित्ता सेयर बिक्री गर्ने भएको छ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २५ हजार ६ सय ८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकको विद्यमान निर्देशिका बमोजिम बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्री आह्‍वान गरेको हो। राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिन भित्र लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ।

उल्लेखित अवधिमा पर्याप्त आवेदन नपरे खरिद गर्न इच्छुक गैर संस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री