मंगलबार, २५ वैशाख २०८१

नहरपुरमा टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालन

समयपोष्ट २०७३ कार्तिक ११ गते ३:३९

रुपन्देहीको नहरपुरमा नेपाल टेलिकमको ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको नयाँ  एक्सचेन्ज सञ्चालनमा आएको छ ।

Advertisement

बुधबार एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरेका थिए ।

मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट कम गर्न सकिने कुरा बताए ।  नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको बताउँदै थ्रीजी सेवालाई प्रत्येक क्षेत्रमा पु¥याउन र फोजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताइन् ।नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवाका निर्देशक सिद्धप्रताप भारतीको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सो क्षेत्रका जनसमुदाय, पत्रकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री