मंगलबार, २५ वैशाख २०८१

प्राइम बैंकको नाफा बढ्यो

समयपोष्ट २०७३ कार्तिक १० गते ५:२६

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै १४ प्रतिशतलेै नाफा बृद्धि गरेको छ ।

Advertisement

पहिलो तीन महिनामै बैंकको  नाफा २५ करोड १० लाख रुपैयाँ बृद्धि भएको हो ।

बैंकले एक बर्षको अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले बढाउँदै खुद ब्याज आम्दानी ३८ करोड रुपैयाँ गरेको छ। यो करिव आठ करोड रुपैयाँको बृद्धि हो।

त्यस्तै बैंकको कर्मचारी खर्च  पनि बढेको छ। बैंकले अघिल्लो बर्ष ४ करोड  ७३ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेकोमा यसपाली वढेर ६ करोड ७२ लाख रुपैयाँ पुगेको हो।

बैंकको पुँजी कोष अनुपात ११.३६ प्रतिशत छ भने खराव कर्जा अनुपात केही घटेर १.३२ प्रतिशतमा आएको छ।

Advertisement

कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ छ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री