भण्डारीले उम्मेदवारी दर्ता गराउँदा देखिएनन् झलनाथ
समयपोष्ट
२०७४ फागुन २३ गते ७:३३
राष्ट्रपति विद्या भण्डारीले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
भण्डारीले बुधबार दिउँसो नयाँ बानेश्वर स्थित संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् ।
उनको समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।
भण्डारीले उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका धेरै एमाले नेताहरुको उपस्थिती थियो तर झलनाथ खनाल भने भण्डारीले उम्मेदवारी दर्ता गराउँदा देखिएनन् ।
प्रतिक्रिया