आइतबार, ६ जेठ २०८१

पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढीमा कोरोना संक्रमण

समयपोष्ट २०७८ पुष ३० गते १६:३९

Advertisement

पछिल्लो २४ घण्टामा थप देशभर ५०८७मा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ । देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ ।

सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री