मंगलबार, २५ वैशाख २०८१

१४ औं पुण्यतिथिको अवसरमा विद्यार्थीहरुलाई न्यायो कपडा वितरण

समयपोष्ट २०७८ पुष १६ गते १४:४०

Advertisement

अशोक खनाल
पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीका उपप्रध्यापक दोण प्रसाद भुसाल दम्पत्तीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

शुक्रबार सन्धिखर्कस्थित श्री समाजकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई भुसाल दम्पत्तीले न्यानो कपडा वितरण गरेका हुन् ।

स्व.सासू मनकला भुसालको १४ औं पुण्यतिथिको अवसरमा उक्त विद्यालयमा अध्ययनरत विपन्न वर्गका १८ जना छात्रा तथा छात्रहरुलाई स्विटर,१५० भन्दा बढी छात्रा छात्रहरुलाई कापी तथा फलफूल वितरण गरिएको उपप्रध्यापक पत्नी बिमला भुसालले जानकारी दिईन् ।

Advertisement

आगामी दिनहरुमा समेत यस किसिमको सहयोग जारी राख्ने बताईन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमचन रायमाझी, प्रधानध्यापक शकुन्तला रायमाझी, पुर्ब प्रधानध्यापक बुद्धि प्रसाद मिश्र,विद्यालयका शिक्षक शिक्षिकालगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री