बुधबार, १९ वैशाख २०८१

खाद्य अधिकार सुनिश्चित गर्न नयाँ कानून बनाइने

समयपोष्ट २०७४ फागुन १३ गते १५:५४

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले खाद्य अधिकारबाट वञ्चित भएका व्यक्तिको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको बताउनु भएको छ ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी, पहिरो र आरक्षपीडितको ज्ञापनपत्र बुझ्दै उहाँले खाद्य अधिकारबाट वञ्चित व्यक्तिका समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै समस्या समाधानका लागि केन्द्र सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

हरेक नागरिकको खाद्य अधिकार सुरक्षित हुनुपर्ने भन्दै मुख्यमन्त्री भट्टले बाढी, पहिरो र आरक्षपीडित सहितका जनताको खाद्य अधिकार सुनिश्चित गर्न नयाँ कानून बनाइने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै बझाङका रंगलाल कामी र खाद्य अधिकारमा कार्यरत याक नेपालका डबल वमले ७ नं प्रदेशमा खाद्य अधिकार गुम्नका विभिन्न कारणबारे चर्चा गर्नुभएको थियो ।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन कैलालीका बाढीपीडित, कञ्चनपुरका आरक्षपीडित र डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुराका पहिरोपीडित मुख्यमन्त्रीको कार्यालयमा पुगेका थिए ।
रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री