मंगलबार, २५ वैशाख २०८१

इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन

समयपोष्ट २०७८ मंसिर ६ गते १०:३५

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १२.६१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। बैंकको शेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले मंसिर १७ गते, दरबारमार्ज, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा ३५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभामा भिडियो कन्फरेन्समार्फत पनि सहभागि हुन सक्ने व्यवस्था गरिएको छ।

Advertisement

सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री