आइतबार, ६ जेठ २०८१

सभामुखले बोलाएको शीर्ष नेताको बैठकमा कांग्रेसको अडान कायमै

समयपोष्ट २०८१ वैशाख २५ गते १४:३१

Advertisement

सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन बोलाएको पाँच राजनीतिक दलका शीर्ष नेतासँगको बैठक बिना निष्कर्ष टुगिंएको छ ।

बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेपछि बैठक बिना निष्कर्ष टुगिंएको हो ।

उपप्रधान तथा गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरुको छानबिन गर्दा उनको पनि गर्नुपर्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ । राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं,’उनले भने ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री