मंगलबार, १८ वैशाख २०८१

केन्द्रीय विद्यालय काठमाडौँमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा पठनपाठन सुरु

समयपोष्ट २०७८ मंसिर १ गते १७:१३

Advertisement

भारतीय राजदुतावास काठमाडौँस्थित केन्द्रीय विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितीमा पठनपाठन सुरु भएको छ ।

कोरोना महामारीका कारण अनलाइन कक्षा सञ्चालन गरिरहेको उक्त विद्यालयले भारत सरकारको गाइड लाइन अनुसार स्वास्थ मापदण्ड पुरा गरेर विद्यालय सोमबारबाट सञ्चालनमा ल्याएको हो ।

कुल विद्याथीमध्ये हरेक दिन पचास प्रतिसत् मात्र विद्यार्थी विद्यालयमा उपस्थित हुँने गरी विद्यालय सञ्चालनमा ल्याईएको हो ।

यसैबिच विद्यालयमा भर्ना भएर पनि विद्यालय देख्न नपाएका कक्षा १ का विद्यार्थीहरुका लागि विशेष कार्यक्रमको आयोजना गर्यो । कक्षा एकका साना साना विद्यार्थीहरुलाई प्रिन्सिपल ए पि विनोद कुमारले मिठाई र उपहार प्रदान गरी विद्यार्थीहरुलाई स्वागत गरे ।

Advertisement

कक्षा एक कि कक्षा शिक्षिका सुष्मा तिवारीले विद्यालयको बारेमा जानकारी गराईन् । गणितका शिक्षक कमल जितले कोभिड-१९ महामारी र यसबाट बच्ने उपाय, अपनाउनुपर्ने स्वास्थ मापदण्डको बारेमा विद्यार्थीहरुलाई अवगत गराए ।

केन्द्रीय विद्यालयमा हरेक वर्ष चैत्र महिनामा कक्षा एकका विद्यार्थीहरुको लागि भर्ना आह्रवान गरिन्छ । चैत्रबाट नै नयाँ शैक्षिक सत्र सुरु हुँने गर्छ । कोरोना महामारीक कारण नयाँ भर्ना भएका विद्यार्थीहरु विद्यालय प्रवेश गर्न पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री