बिहीबार, १९ असार २०८२

चिन्नुुहोस् देउवालाई संसदीय दलको नेतामा सर्वसम्मत हुन नदिने नेता

समयपोष्ट २०७४ फागुन ६ गते १५:०२

नेपाली काँग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा सर्वसम्मत हुने अवस्था नरहेको दाबी गरेका छन् ।

Advertisement

नेता गुरुङले चुनावी प्रतिस्पर्धा भए प्रकाशमान सिंहलाई संसदीय दलको नेता बनाउन आफूहरु लागिपर्ने पनि स्पष्ट पारे उनले बरु महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन पार्टी सभापति देउवाले पहल गर्नुपर्ने धारणा राखे ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टी सभापति देउवाले आफ्नो प्रतिष्ठा जोगाउन संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न नहुने तर्क पनि गरे ।

काँग्रेस नेता गुरुङले आफ्नो पार्टीले जनादेश अनुसार ५ वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री