मंगलबार, १८ वैशाख २०८१

नेशनल लाइफको प्रमुख कायकारी अधिकृतमा सुरेश खत्री नियुक्त

समयपोष्ट २०७८ जेठ ३ गते १८:२९

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ।

कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। बैङगलोरबाट एमबिए गरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री