यस्तो रह्यो सोनमको पहिलो महिनावारी अनुभव
बलिउड अभिनेत्री सोनम कपुरले आफ्नो पहिलो महिनावारीको अनुभव सेयर गरेकी छिन् ।
साेनमले महिलाहरूले महिनावारीको विषयमा खुलेर कुरा गर्नुपर्ने बताउँदै भनिन् ,‘मेरो पहिलो महिनावारी १५ वर्षको उमेरका भएको थियो। सबै साथीहरूको मेरोभन्दा अगाडि नै महिनावारी भइसकेको थियो । मेरो महिनावारी किन भएन भनेर निकै दुःखी थिए। जब मेरो महिनावारी भयो बल्ल म ढुक्क भए किनकी म मेरी आमालाई बारम्बार मेरो महिनावारी नै हुँदैन, ममा केही खराबी छ भनेर भनिरहेकी हुन्थे।’
उनी हाल महिनावारी सम्बन्धित फिल्म ‘प्याडम्यान’मा अनुबन्धित भएकी छिन् । उक्त फिल्ममा काम गर्न पाउँनु आफ्नो सौभाग्य भएको बताउँदै उनले भनिन्,‘धेरै महिलाहरू अझैपनि महिनावारी सम्बन्धी बोल्न समेत डराउँछन्, फिल्म खेल्न पनि चाहँदैनन्। महिनावारीको कथा बोकेको यो फिल्ममा अनुबन्धित हुने समयमा मैले एक पटक पनि सोचिन’ ।
सोनमले ‘प्याडम्यान’ एक असाधरण पुरुषले महिलाहरूको अवस्था सुधार्ने कथा बोकेको फिल्म रहेको बताइन् । उनले फिल्मले सेनेटरी प्याडको विषयमा ग्रामीण भू–भागमा चेतना पुग्ने अपेक्षा समेत व्यक्त गरिन्।
सोनमबाहेक अक्षय कुमार र राधिका अप्टेकाे पनि प्रमुख भूमिका रहेको फिल्म ‘प्याडम्यान’ जनवरी २५ मा प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया